काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २÷२ रुपैयाँ मूल्यवृद्धि गरेको छ । निगमका अनुसार गएराति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ ।
यस्तै, आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानको मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन । कोरोना महामारीका कारण जारी गरेको निषेधाज्ञाकै समयमा निगमले मूल्य बढाएको हो । हाल ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।







