कसैले भ्रष्टाचार गरेको छ भने छानविन हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड रोकथाम र उपचारमा केन्द्रित रहेको दावी गर्नु भएको छ ।

आज संसदमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै ओलीले अहिलेको अवस्थामा विचार र संस्थागत वा कुनै प्रकारमा भिन्नतालाई थाँती राखेर सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो । सरकारमा प्रयासमा साथ सहयोग दिन र सबै पक्ष सञ्चारमाध्यम राजनीतिक दल संघसंस्था एकजुट भएर यस लडाईमा सामेल हुन ओलीले आग्रह गर्नु भयो । उहाँले प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम भएको आरोप लगाउनु भयो ।

कोभिड खोप खरीदमा भ्रष्टाचारमा नभएको कनेक्सनमा जोडेर अनुचित काम भएको उहाँको दाबी थियो । प्रधानमन्त्रीका अनुसार कोभिडको यस्तो महामारीमा जीवन रक्षा पहिलो प्राथमिकता हो,’ साझा समस्याका बेला पनि कसैले भ्रष्टाचार गरेको छ भने क्षम्य हुँदैन । छानविन हुन्छ । पुष्टि भए कारवाही हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार