काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्मित कोभिड भ्याक्सिनलाई आपतकालीन प्रयोग अनुमति दिएको छ । डब्ल्यूएचओले गैर–पश्चिमी देशमा निर्मित कोभिड भ्याक्सिनलाई पहिलोपटक अनुमति दिएको हो ।
यो भ्याक्सिन चीन र विश्वभर करोडौं मानिसहरूलाई यसअघि नै लगाइसकिएको छ । यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसन र मोर्डना कम्पनीको कोभिड भ्याक्सिनलाई मात्र प्रयोग अनुमति दिएको थियो ।
अफ्रिका, ल्याटिन अमेरिका र एसियाका कयौं देशहरूले यसअघि नै आपतकालीन प्रयोग निम्ति चिनियाँ खोप लगाउन अनुमति दिएका थिए । यसैक्रममा डब्ल्यूएचओले पनि चिनियाँ खोपलाई सुरक्षा, प्रभावकारिता गुणयुक्त भनेको छ । चिनियाँ औषधी कम्पनी सिनोभ्याकको भ्याक्सिनलाई पनि केही दिनभित्रै आपतकालीन प्रयोग अनुमति दिनसक्ने बताइएको छ ।







