काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ७ हजार बढी संक्रमित भेटिएका छन्। १६ हजार ७ सय ७० जनाको परीक्षगर्दा ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनु भयो ।
१६ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ७ हजार १ सय ३७ जना र ६२३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो। कुल संक्रमितमध्ये हाल ४८ हजार ७ सय ११ जना सक्रिय संक्रमित छन्। हाल ६७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
गत २४ घण्टामा १ हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। कुल संक्रमितमध्ये ३ हजार ५ सय ९५ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।







