थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भपिएका छन् । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।

१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।खयोसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ । सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् । यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् । यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२र३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कुल ३ हजार ५ सय ५६ संक्रमितमध्ये सबैभन्दा धेरै २० देखि २९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि पनि आइतबार २० देखि २९ वर्षका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका थिए।

३० देखि ३९ वर्षका ८५०, ४० देखि ४९ वर्षका ६०७, ५० देखि ५९ वर्षका ४०५, १० देखि १९ वर्षका २७३, ६० देखि ६९ वर्षका २१६ जना संक्रमित छन् । यस्तै, ७० देखि ७९ वर्षका १०१, नौ वर्ष मुनिका ६३, ८० देखि ८९ वर्षका ३२, ९० देखि एक सय वर्षका ५ र अज्ञात २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार