काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो ।
उहाँले मानवस्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपुर्ण भएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गर्नुभयो ।
महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो चेश्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दे उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “ सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका थिए । तर सरकार सकेसम्म लकडाउनमा जान चाहदैन । तर हामीले हेक्का राख्नुपर्छ , युरोपका कतिपय विकसित भनिएका देशहरु, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन् । दोश्रोचरणमा र तेश्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था छ ।
हामी चाहन्छौ हाम्रो सर्तकताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔ भन्ने आग्रह गर्दछौ । अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो भन्ने पनि केहीले भने । म धम्की दिने हैसियत पनि राख्दिनँ । धम्कि दिनुलाई उचित पनि ठान्दिनँ ।
त्यस्तो अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ । परिस्थिति विग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुनसक्छ भनेको हो । त्यसैले हामी सर्तक भएर अघि बढ्नुपर्छ ।”२०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताउनुभयो । कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भएपनि चैत्र देखि फेरी बढ्न थालेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र लगायत विकासका आकांक्षाहरुमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
एमसिसि
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसिसि प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसिमा सम्झौता गरिएको उल्लेख गर्दै उहाँले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताउनुभयो ।
उहाँले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो “नेपाली कांग्रेस र नेकपा माआवादी सरकारमा हुदा एमसिसि सम्झौता गरिएको गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौ । टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौ । त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संबैधानिक अधिकार कसैसंग हुदैन । त्यो गर्नैपर्ने हुन्छ । तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौ । ”
आपसी बैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दे उहाँले भन्नुभयो “फाटोको खेति होइन बैमनश्यताको होइन । अनेकता र दुरिलाई हटाएर राष्ट्रिय एकता कामय गर्ने र हाम्रा सम्पुर्ण सामर्थय र सहयोगहरु देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यस आवश्यकता तर्फ म सबैको ध्यानाकर्षण गराउँछु ।”
मेरो कित्ता कार्यक्रम सुभारम्भ
प्रधानमन्त्री ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताउनुभयो । उहाँले आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो “नयाँ बर्षमा हामी नयाँ नयाँ कामहरु थालनी गर्दैछौ । मेरो कित्ता भन्ने कार्यक्रम । जो किसानहरुका लागि आफ्नै धनीपुर्जा, आफनो कित्ता, आफु बसेकै ठाउँबाट एपबाट हेर्न सक्ने गरि मेरो कित्ता कार्यक्रम सुभारम्भ हुदैछ । ”
विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नया बर्षमा प्रवेश गरेको भन्दै उहाँले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुर गर्ने बताउनुभयो ।
उहाँले यसैबर्ष भित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसंग जोड्ने, सिलन्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रुपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले नेपालीहरुको आत्मविश्वास र मनोबल बढेको दाबी गर्नुभयो ।
आशावादी भएर अगाडि बढ्न आव्हान
प्रधानमन्त्री ओलीले सबेको निष्ठा देश र जनताप्रति हुनुपर्ने भन्दै राष्ट्रिय हितलाई रक्षा गर्दै अघि बढ्न सबैलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो “विभिन्न प्रकारका हल्लाहरुका पछाडि नअलमलिन, राष्ट्रनिर्माणका काममा ढुक्कले आत्मविश्वासका साथ अगाडि बढ्न ,निरासा जगाउन खोजिएका प्रयासहरुलाई अस्वीकार गर्न र आशावादी भएर अगाडि बढ्न सबैमा हार्दिक आग्रह गर्दछु । ”
उहाँले न्यायसहितको अन्तराष्ट्रिय उत्तरदायीत्व सहितको अन्तराष्ट्रिय सम्बन्धको पक्षपोषण गर्ने उल्लेख गर्दै विश्वसंग पनि त्यस्तै शान्ति र सम्बन्धको अपेक्षा गर्ने स्पष्ट पानुभयो । उहाँले अवको विश्वलाई भयमुक्त, त्रासमुक्त, समानतायुक्त र सम्मानजनक पुर्वक बाँच्न पाउने विश्व बनाउनका लागि सबैलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “राष्ट्रिय हितको पक्षमा जहिले पनि न्यायोचितता र अन्तराष्ट्रिय उत्तरदायित्वका पक्षहरुलाई हामीले बिर्सनुुहुदैन । न्यायबिनाको या न्यायरहित राष्ट्रियहित राष्ट्रिय अहंकार हुनसक्छ अथवा अन्यायपुर्ण राष्ट्रियहित हुनसक्छ । त्यस कुरामा हामी सजग हुनुपर्छ ।”
सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नविर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको बताउनुभयो । तात्कालिन शसस्त्र द्वन्द्वका कारण गाउँमा बस्ने अवस्था नरहेको र विदेशीनुपर्ने अवस्था श्रृजना भएको उल्लेख गर्दे उहाँले अब भने नेपालमै उपयुक्त रोजगारी श्रृजना हुने स्पष्ट पार्नुभयो । सम्बोधनको सुरुमा उहाँले मुलुकभित्र र बाहिर रहेका सबै नेपालीलाई सुस्वास्थ्य, उन्नति प्रगती र सफलताको शुभकामना दिनुभएको थियो ।







