अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोपको प्रयोग जारी राख्न डब्लुएचओको आग्रह

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अभियान नरोक्न अपिल गरेको छ । युरोपका विभिन्न देशहरूले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप तत्कालका लागि लगाउन रोकेका बेला डब्लुएचओले अभियानलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको हो ।

खोप र ब्लड कल्टबिच कुनै सम्बन्धको प्रमाण नरहेको डब्लुएचओले जनाएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकोको खोप लिएका व्यक्तिमा ब्लड कल्ट बनेको खबर सार्वजनिक भएपछि युरोपका विभिन्न देशमा तत्कालका लागि खोप अभियान रोकिएको छ ।

पछिल्लोपटक सम्भावित साइड इफेक्टलाई मध्यनजर गरि नेदरल्याण्डस, जर्मनी, फ्रान्स, इटाली र स्पेनले कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कम्तीमा मार्च २९ सम्मका लागि बन्द गरेका छन् । डब्लुएचओका खोप सुरक्षा विज्ञहरूको बैठक मंगलबार बस्दैछ ।

सो बैठकमा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपका सम्बन्धमा छलफल हुनेछ । बेलायतसहित युरोपका विभिन्न देशमा अहिलेसम्म एक करोड ७० लाख भन्दा बढि मानिसले खोपको पहिलो डोज लिएका छन् । गत हप्तासम्म ४० जनामा ब्लड कल्टको विकास भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार