काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । बिहीबार निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगि अध्यक्ष तिमिल्सिनाले कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको हो ।
बुधबारदेखि नै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको हो । बिहीबारै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाउनुभएको छ । खोप लगाइसकेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाहलाई भएपनि अन्य खोपहरु जस्तै रहेको बताउनुभयो ।
हिजोदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उहाँले उल्लेख गर्नुभयो । बिहिबार संघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि खोप दिइएको छ ।







