भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज आउँदै

काठमाडौं : कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट दिउँसो साढे १ बजे को एयर इन्डिया विमानमार्फत खोप आउने जानकारी दिनुभयो ।

उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो ।

अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीका अनुसार खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ । अब सार्वजनिक यातायातका चालक, सहचालक तथा विश्वविद्यालय र विद्यालयका शिक्षकले पनि खोप लगाउन पाउने भएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार