“ओल्लो पल्लो घरको”बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : सर्जक प्रेम सागर पौडेलको शब्द सृजनामा लाईभ दोहोरि गायीका कल्पना दाहाल र सुजन बाबु गुरुङको आवजमा ओल्लो पल्लो घरको”बोलको गित सार्वजनिक भएको छ ।

यो गीत प्रयास मिडियाको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो । गीतको म्युजिक एरेन्ज सुनिल परियारले गर्नु भएको छ भने निरन्तर नेपालि गीतसंगीतको क्षेत्रमा लागेका देबेन्द्र कुवरको निर्देशन रहेको छ । गीतको म्युजिक भिडियो छायांकन चक्र बरालले गर्नुभएको छ । त्यस्तै ईश्वर बाबुले सम्पादन गर्नुभएको छ ।

यस गीतको म्युजिक भिडियोमा गायक भाईरल ड्राइभर सुजन बाबु गुरुङ र टिकटकमा भाईरल बाबु छोरी ओम थापा र आभा थापा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । सुजन बाबु गुरुङको आवजमा गीत एक पछी अर्को गीत बजारमा आईसकेका छन् भने केहि गीत आउने क्रममा रहेका छन् । पछिल्लो समय निकै नै रुचाईएका गायक हुन् सुजन ।

लामो समयको संघर्ष र पश्चाताप पछि  नेपाली गीत संगीतमा बामे सार्दै आएका छन् । पछिल्लो समय सामाजिक संजाल टिक टक निकै नै रुचाईएको जोडी बाबु छोरी पछिल्लो समय म्युजिक भिडियो नै देखिन थालेका छन् ।

यो म्युजिक भिडियो भाईरल बाबु छोरी अभिनित दोस्रो म्युजिक भिडियो हो ।अहिले नेपाली गीत संगीतको बजार निकै नै आकासिएको छ । एक पछी अर्को लोकप्रिय गीत संगीत बजारमा आईरहेका बेला पछिल्लो समयको सांगीतिक बजारमा नेपाली लोक गीत संगीतको क्षेत्रमा चौतर्फी चर्चा र समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भैरहेको बेला यो गीत पनि बजारमा आएको हो ।

https://www.youtube.com/watch?v=ub0TKfvUY_8

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार