बेलायतमा कोभिड–१९ बाट एक लाखभन्दा बढिको मृत्यु

एजेन्सी : बेलायतमा कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले सरकारी प्रयासको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएका छन् ।

बेलायतमा पछिल्लो समय संक्रमित हुने तथा मृत्यु हुनेको संख्या पुनः तीब्र गतिमा बढिरहेको छ । प्रधानमन्त्री जोन्सनले गर्न सकिने सबै प्रयासहरु पूर्ण रुपमा गरिए पनि धेरैको ज्यान जोगाउन नसकिएको भन्दै त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् ।

बेलायतमा कुल संक्रमितको संख्या ३७ लाख भन्दा धेरै रहेको छ । महामारीले दिएको गम्भीर शोकलाई प्रतिस्थापित गर्न कठिन रहेको जोन्सनले बताएका छन् । कोभिड–१९ बाट एक लाख भन्दा धेरैको मृत्यु हुने बेलायत विश्वको पाँचौँ तथा युरोपको पहिलो देश बनेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार