कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

काठमाडौं : कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर राजभण्डारीले लगाउनुहुने भएको छ ।

प्रधानमन्त्री केपी ओलीले भोलि बिहान १० बजे टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डाक्टर अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताउनुभएको थियो ।

तर, निर्देशकका रूपमा राजभण्डारीले पहिलो खोप लिने तय गरिएको बताइएको छ । दोस्रोमा डाक्टर बाँस्तोलाले लिने तय भएको छ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ ।

सरकारले देशभर ९० वटा खोप केन्द्रबाट कोरोनाविरुद्धको भ्याम्सिन दिने भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा १७, मोरङमा तीन, कास्की र बाँकेमा दुई–दुई तथा बाँकी ७१ जिल्लामा एक–एक केन्द्र रहनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार