लुक्ला उड्ने सबै यात्रुको पीसीआर परीक्षण नचाहिने

काठमाडौं : नेपालको मूख्य पर्यटकीय गन्तब्य सगरमाथाको आधार शिविरतर्फ जाँदा अब कोरोना भाइरसको परीक्षण गरेको रिर्पोट नचाहिने भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिका भित्र प्रवेशका लागि पिसिआर नेगेटिभ रिर्पोट अनिवार्य चाहिने नियम बनाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले माघ १० बाट लागू हुने गरी यो प्रावधान हटाउने निर्णय भएको बताउनु भएको छ । गाउँपालिकाले सबै हवाई कम्पनीलाई पत्र काटि यस्तो जानकारी गराएको छ ।

लुक्लामा काठमाडौं र रामेछापको मन्थलीबाट उडान भइरहेको छ । अहिले लक्षण देखिएका र शंकास्पद व्यक्तिलाई पासाङल्हामु निकोल निक्की अस्पताल लुक्लामा एन्टीजिन परीक्षण गर्न स्वाव संकलनको व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको यो निर्णयसँगै सगरमाथा आधार शिविरको यात्रामा जाने आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ । कोभिड १९ को संक्रमण दर घट्दै गएको, नेपाल सरकारले लकडाउनलाई पूर्णतया हटाएको साथै कोरोनाको खोप समेत लगाउनु शुरु गरेको सन्दर्भमा गाउँपालिकाले समेत अब निषेध हटाउने निर्णय गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार