काठमाडौं: प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाधिनु भएको छ । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ जाङमु शेर्पासँग मुख्यमन्त्री राई विवाह बन्धनमा बाधिनु भएको हो ।

मुख्यमन्त्री राई र शेर्पाबीचको उमेर अन्तर करिब २७ वर्ष छ । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५र४० जना मात्रै विवाहमा सहभागी छन् ।

मिडियालाई प्रवेश भने दिइएको छैन । आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु देखिएका थिए ।








