काठमाडौं : कोरोना संक्रमणले थप चार जनाको मृत्यु भएको छ । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सय ३६ जनामा संक्रमण पुष्टि भएको छ जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ । ५ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित पाइएका हुन् ।
गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ । त्यस्तै काठमाडौँ उपत्यकाका १९८ जना रहेका छन् । काठमाडौँमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार हाल देशभर ३ हजार ७९९ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।







