दूधकोशी सामुदायिक र धुलिखेल अस्पताल बिच सेवा प्रवाह लगायतमा सम्झौता

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : दूधकोशी सामुदायिक अस्पताल र धुलिखेल अस्पताल बिच सम्झौता भएको छ । अस्पताल निर्माण, दीगो सन्चालन र सेवा प्रवाह लगायत अन्य महत्वपुर्ण विषयमा मंगलबार दुईपक्ष बिच सम्झौता भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

विपन्न नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उदेश्य सहित मुक्लीमा पचास शैयाको सामुदायिक अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ । अस्पताल भवन निर्माण भएपनि सञ्चालनका विषयमा केही अन्यौल भएपनि आजदेखि अत्य भएको छ ।

सम्झौता सङ्गै अब दुधकोसी सामुदायिक अस्पताल, धुलिखेल र दुधकोसी सामुदायिक अस्पतालमा परिणत भएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । दक्ष चिकित्सक मार्फत सेवा प्रवाह गरि प्रदेश १ कै स्वास्थ्य केन्द्र बनाउने अभियानमा रहेको उहाँको भनाई छ ।

अस्पताल भवन निर्माणका लागि आवश्यक करोडौ रकम जम्मा गर्न गत वर्ष महायज्ञको आयोजना गरिएको थियो । अस्पताल निर्माणका लागि गाँस कटाएर सहयोग गर्ने सहयोगी सहित सबैलाई अध्यक्ष राइृले आभार समेत प्रकट गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार