गायक तथा संगीतकार हुसेनको “मनले खोज्छ” गीत बजारमा (भिडियोसहित)

काठमाडौं :गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” बोलको गीत सार्वजनिक भएको । यो गीत बुढासुब्बा म्युजिक कम्पनीमार्फत सार्वजनिक भएको हो । निराजन चौधरीको शब्द र अन्जन श्रेष्ठको संगीत रहेको उक्त गीतमा सरोज आफैले आवाज दिनु भएको छ । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र राधा मोहन जैसवालको अभिनय देख्न सकिन्छ ।

३ वटा गीतको अभिनय मार्फत चर्चामा आएकी अस्मीता बूढाथोकी र यसअघि एउटै गीतमा अभिनय गरि चर्चा कमाउन सफल राधा मोहन जैसवालको अभिनयले गीतको भावलाई थप उजागर गरेको छ । अन्जन श्रेष्ठको एरेन्जमेन्ट रहेको उक्त गीतमा श्रेष्ठकै मिक्सिङ रहेको छ । सियोन श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा प्रकास खड्काले छँयांकन गर्नु भएको छ ।

गीतको प्रोडक्सन एस आर ग्रुप नेपालले गरेको छ भने गीतको दृश्य सम्पादन साथै पोस्ट प्रोडक्सन र सहायक निर्देशन केपी देवकोटाले गर्नु भएको छ ।यसअघि भोजपुरी तथा मैथली भाषाका ५ वटा गीत सार्वजनिक गरिसकेका हुसेनले पहिलो पटक नेपाली भाषामा गीत सार्वजनिक गर्ने भएका हुन् ।

चलचित्र भावमा तयार भएको “मनले खोज्छ” बोलको गीतमा मित्रताको सम्बन्धलाई सामाजिक सन्देश दिन खोजेको संगीत पारखी गायक सरोज हुसेनले बताउनु भएको छ । संगीत पारखी उहाँले आगामी दिनमा थप नयाँ नयाँ रचना बजारमा ल्याउने समेत बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार