बेस्ट फिफा अवार्डको अन्तिम तीनको मनोनयन सार्वजनिक

काठमाडौं: विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

डिसेम्बर १७ तारिखमा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो । फिफाले सार्वजनिक गरेको अन्तिम ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् ।

बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार