बास्तविक कथामा आधारित “कोरियाको कम्पनी” गीत सार्बजनिक (भिडियोसहित)

काठमाण्डौं : लोकप्रिय गायक गायीका कुलेन्द्र बि.क. र शान्ती श्र्री परियारको आवजमा रहेको गीत कोरियाको कम्पनी सर्वजनिक भएको छ । यो गीत शान्ती श्र्री परियारको अफिसीएल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

बिनोद बाजुरालीको संगीत सयोंजन रहेको गीतको मिक्सीङ भने खडक बाजुरालीले गर्नु भएको छ । भिडियोकोे निर्देशन शेर बहादरु डि.सी. एडिट अबिनाश डि.सीले गर्नु भएको छ । यस गीतमा पछिल्लो समयकी चर्चित कलाकार अञ्जली अधिकारी र रोजेन सुन्दासको अभिनय देख्न सकिन्छ ।

रोजगारीको लागी कोरिया गएका एक युवक र उनको परिवारसंग सगै बस्न नपाउदाको पिडालाई आधार बनाएको छ ।गीतको म्युजिक भिडीयोमा रोजगारले परदेशीनुपरेको बिषयलाई प्रस्तुत गरेको छ ।

सब परीवार एक साथ बस्ने र आफ्नै खेतबारीमा रमाउने ईच्छा हुदाँहुदै पनि बालबच्चा, श्र्रीमती, आमा बाबा छाडेर बिदेशिनु परेको ब्यथा देखाइएको छ । गीतमा बिदेशिएका परिवारहरुको सकारात्मक पक्षहरुकोबारे भाबपुर्ण प्रस्तुती रहेको हुदाँ भिडियो उत्कृष्ठ बनेको पाईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार