नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनुभएको छ । ढकालले एसोसिएटबाट ५२२ मत, वस्तुगतबाट ५९ मत र जिल्ला तथा नगरबाट ५२ मत प्राप्त गर्नुभयो । ढकालका प्रतिद्वन्द्वी किशोर प्रधानले एसोसिएटबाट ३७४ मत, वस्तुगतबाट ३९ र जिल्ला तथा नगरबाट ५३ मत प्राप्त गर्नुभयो ।

ढकाल प्यानलबाट एसोसिएटतर्फका उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ भने प्रधान प्यानलबाट वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले अध्यक्ष शेखर गोल्छासँग मिलेर निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभएको छ ।

पक्ष–विपक्षी निर्वाचनसँगै सकिएको र सबै मिलेर निजी क्षेत्रको आवाज उठाउने ढकालले बताउनुभयो । २५ बुँदे प्रतिवद्धता अनुसार नै आफूहरू अगाडि बढ्ने ढकालले बताउनुभयो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार