काठमाडौँ : गायक समिर घिसिङ भिटेनले पारा गीतमा प्रयोग भएको शब्दको विषयलाई लिएर विवाद भएपछि सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।
गीतमा प्रहरीसमेत गाली गरिएको भन्दै प्रहरीले उनलाई खोज्न थालेपछि गीतको भिडियो युट्युबबाट समेत हटाइएको छ । ‘गीतमा आपत्तिजनक शब्द हटाएर संशोधित गीत छिट्टै आधिकारीक च्यानलबाट सार्वजनिक गर्न छु’ भिटेनले विज्ञप्तिमा अगाडि भनेका छन् ‘सम्बन्धित निकाय र महानुभावलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा र चोट प्रति क्षमायाचना गर्दछौँ ।







