काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ।

४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार