काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७० दशमलव ६ प्रतिशत रहेको पनि गौतमले बताउँनुभयो । पछिल्लो २४ घघ्टामा १० हजार १७६ पिसिआर परीक्षण गरिएको छ । आजसम्मको तथ्यांकअनुसार देशभरमा १५ हजार २६० सक्रिय संक्रमित छन् ।







