भारतमा एकैदिन थपिए साढे ९५ हजार कोरोना संक्रमित

काठमाडौँ   : भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा भारतमा दोस्रो स्थानमा आइपुगेको छ ।

कोरोना संक्रमित धेरै हुनेमा भारतले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९५  हजार ५ सय २९ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४४ लाख ६२ हजार ९ सय ६५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार १ सय ६८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ । त्यस्तै हालसम्म ३४ लाख ६९ हजार ८४ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार