काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८१ जना नयाँ कोरोना संक्रमित थपिएको छ । ११ हजार १ सय ६७ पीसीआर परीक्षण भएकोमा आज ३ सय ३८ जना महिला र ७ सय ४३ जना पुरुषमा संक्रमण थपिएकोे हो । देशभरी आजसम्म कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । यस्तै काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९०) को संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।







