कोभिड-१९ अनुगमन गर्न गठित संसदीय उपसमितिले गर्‍यो अस्पतालहरुसँग छलफल , के के भयो त कुराकानी ?

काठमाडौं : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन् । पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ । सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ । यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ ।

उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल समेत गरिरहेको छ । यसैक्रममा मंगलबार उपसमितिले कोभिड र नन कोभिडका विरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा नीजि अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेको छन । छलफलमा सहभागि सरकारी तथा नीजि अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका छन ।

छलफलका क्रममा वीर अस्पतालका निर्देशक केदार प्रसाद सेन्चुरीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था गरेको बताउँनु भएको छ । उहाँले कोभिड र ननकोभिड दुवैलाई सुरु देखि नै बेड छुट्याएर काम गरिराखेको ्बताउँनु भयो । उहाँका अनुसार अव डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ । खास गरेर मृगौला सम्बन्धी उपचारको सेवा हाम्रो मा गर्नेपर्ने अवस्था छ ।

अन्य सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएको जानकारी दिनु भएको छ ।त्यस्तै त्रिवि शिक्षण अस्पताल कार्यकारी निर्देशक डा. रोहित पोखरेलले लकडाउनपछिको समयमा नन कोभिड विरामीको संख्या कम भएपनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको जानकारी दिनु भयो । कोभिडको लागि भनेर १ सय २० वटा बेड छुट्याएका उहाँले बताउँनु भयो ।

उहाँका अनुसार अहिले सम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छ । अहिले बच्चाहरुको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआइसियु वार्ड बच्चाहरुको लागि छुट्यायौं र त्यो वार्डमा अहिले सम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौं । भेन्टीलेटरमा पाँच जनालाई सेवा दियौं भने कोभिड पोजेटिभ भएका बच्चाहरु २ जना थिए ।

पाटन अस्पताल कार्यकारी निर्देशक, डा. रवि शाक्यले छलफलमा कोभिड संक्रमणको दर बढेसँगै पीपीइ लगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैले त्यसको उत्पादन गरेबो जानकारी दिनु भएको छ । उहाँले पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेक पनि पर्याप्त नभएको बताउँनु भयो । उहाँका अनुसार आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका विरामीहरु भर्ना भएका छन । जसमा १८ सयजना निको भएर घर फर्किएका छन । अहिले १ सय १० जना उपचाररत छन । ३० जनाको मृत्यु भएको छ ।

बिएण्डबि अस्पताल कोभिड व्यवस्थापन प्रमुख डा. संगिता शाक्यले सबै भन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै डाउँमा राखेर भएको बताउँनु भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे, डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल छ हाम्रो लागि । उहाँका अनुसार त्यो भन्दा अर्को ठूलो कुरा भनेको विरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नको लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा नीजिमा आफुले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु । कोभिड मेडिकल संक्रमण मात्रै नभएर यो समाजिक चुनौति हो । अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन ।

त्यस्तै छलफलमा बोल्ने क्रममा नर्भिक अस्पताल आइसालेसन इञ्चार्ज,डा. अजय खडकाले स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको जानकारी दिनु भयो । खाना लगायतको व्यवस्था सबै अस्पतालले नै गरेको र कर्मचारीका लागि इन्सेन्टीभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको जानकारी दिनु भएको छ । बिरामीलाई असर नहोस भनेर कोभिडका विरामीहरुको उपचारका लािग भवन छुट्याइएको छ । २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएका छन । दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ ।

केएमसी अस्पताल सह निर्देशक, डा. जेनश आचार्यले जेठ १० गते पहिलो बिरामी लिदा हामीले सिनामंगलमा ९ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेको बताउँनु भयो ।उहाँले आजको दिन सम्म ३८ हजार ६ सय ६२ जनालाई ओपिडि सेवा दिइसकेका जानकारी दिनु भयो  । उहाँका अनुसार २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ । इमरजेन्सीमा ४ हजार ७ सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौं । अहिले सम्म ११ सय वटा सर्जरी भइसकेको छ भने ७ सय ८८ वटा डेलिभरी भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार