कुन –कुन प्रदेशमा कति संक्रमित , कति आइसोलेसनमा ?

काठमाडौं: प्रदेश नम्बर १ मा ८ सय ७१, प्रदेश नम्बर २ मा ५ सय २८, बागमती प्रदेशमा ४ हजार ८ सय ७७ र गण्डकी प्रदेशमा ७ सय ८७ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ११, कर्णाली प्रदेशमा ३ सय ७७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ५० गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार २ सय १ जना संक्रमित संस्थात आइसोलेसनमा उपचाररत रहेका छन ।

प्रदेश नम्बर २ मा ३ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ९ सय ७८, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा१ सय २६ गरी देशभरी ७ हजार ८ सय २६ संक्रमित होम आइसोलेसनमा रहेका छन ।

आइसियुमा प्रदेश नम्बर १ मा ९, प्रदेश नम्बर २ मा २८, बागमती प्रदेशमा १ सय ९, गण्डकी प्रदेशमा ५, प्रदेश नम्बर ५ मा २० र कर्णाली प्रदेशमा ३ जना गरी देशभरी १ सय ७४ जना उपचाररत रहेका छन । यस्तै भेन्टिलेटरमा प्रदेश नम्बर १ मा ३, प्रदेश नम्बर २ मा २१ र प्रदेश नम्बर ५ मा ३ गरी देशभरी २७ जना संक्रमित उपचाररत रहेका छन ।

आज १ हजार ८ सय १४ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा २ हजार ४ सय ५८, प्रदेश नम्बर २ मा ८ हजार १ सय २७, बागमती प्रदेशमा ३ हजार ६ सय ५९ र गण्डकी प्रदेशमा १ हजार ८ सय ५ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ३ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ५८ गरी देशभरी आजसम्म २८ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार