काठमाडौँ : नेपालमा बिहीबार थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप १२,२८ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।
होम आइसोलेसनमा ७ हजार ७ सय ४२ र संस्थागत आइसोलेसनमा १० हजार ६ सय ७१ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १८ हजार ४ सय १३ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा ९ सय १७ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।
बिहीबार पीसीआर विधिबाट १३ हजार ४१३ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६ हजार ७ सय ४९ जना रहेका छन् ।







