रुपन्देहीमा कोरोनाबाट एक महिलाको मृत्यु

काठमाडौं:  लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ। रुपन्देही जिल्ला सैनामैना नगरपालिका- ११ निवासी ७७ वर्षीया महिलाको बिहीबार बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी बुधबार मात्रै विरामी भएर अस्पताल पुगेकी थिइन् ।

कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकी उनको आइसोलेसनमा राखेर उपचार गरिएको हुँदै आएको थियो । पिसिआर परीक्षणमा उनको कोरोना पोजेटिभ आएको थियो। उनी ज्वरो, श्वासप्रश्वासमा समस्या रहेकोले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार