शिक्षण अस्पतालमा दुुई जना कोरोना संक्रमितको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराईरहेका कोरोना संक्रमित दुुई जनाको मृत्यु भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाका अनुसार मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया महिला रहेका छन् ।

काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उहाँ सुगर र प्रेसरको समेत बिरामी रहेको अस्पतालले जनाएको छ । यस्तै महिलामा भने ुएसएलईु बाथ रोग र मृगौला पीडित रहेको अस्पताल श्रोतको भनाई छ । उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । मृतक दुबैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार