काठमाडौं : काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँकी श्रीमतीलाई सामान्य रुघाखोकी लागेर चेकजाँचका लागि ग्रान्डी अस्पताल पुग्नुभएका मेयर शाक्यको पनि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको श्रोतले बताएको छ ।
सोमबार आएको रिपोर्टअनुसार मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो । उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गर्न आग्रह गरेका गर्नुभएको छ ।







