नेपालमा थप ८९९ जनामा संक्रमण पृष्टि, संक्रमितको संख्या ३९ हजार ४६० जना पुग्यो

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पृष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६० जना पुगेको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

सोमबार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २१ हजार ४१० उपचारपछि निको भएका छन भने , देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार