नेपालमा थप २४ घण्टायता १४ जनाको मृत्यु

काठमाडौँ : नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टायता १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० पुरुष र चार महिलाको ज्यान गएको हो ।महोत्तरी र रूपन्देहीका दुई-दुई तथा सुनसरी, मोरङ, रौतहट, नवलपरासी, ललितपुर र भक्तपुरका एकरएक पुरुपषको मृत्यु भएको हो ।

यस्तै सुनसरी, बारा, महोत्तरी र काठमाडौँका एकरएकजनाको  मृत्यु भएको  हो । यससँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई सय २१ पुगेको छ । देशभर १७ हजार पाँच सय १८ जना आइसोलेसनमा उपचाररत छन् । यसमध्ये होम आइसोलेसनमा ६ हजार नौ सय ६ र संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना छन् ।

आईसीयूमा एक सय ४४ र भेन्टिलेटरमा १७ जना छन् । मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट सर्लाही र काठमाडौँ चितवनलगायत ११ जिल्लामा पाँचसयभन्दा बढी संक्रमित रहेका छन् । यस्तै मुस्ताङ र हुम्ला संक्रमितमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार