काठमाडौं: पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २६७ जना डिस्चार्ज भएका छन् ।
देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप ४२९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २६ पुगेको छ।







