काठमाडौँ : कैलालीको टीकापुरमा एक किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत भदौ ११ गते रातिको समयमा काकाको घरबाट आफ्नो घरतर्फ फर्कने क्रममा १७ वर्षीया एक किशोरीलाई स्थानीय चार जना युवाहरुको समूहले खेतबारीमा लगेर जर्वजस्ती करणी गरेका थिए ।
पीडित बालिकाको जाहेरीका आधारमा जानकी गाउँपालिका–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षीय लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र वर्ष २० को दिपक कडारालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा चार जनालाई आइतबार पक्राउ गरेको जानकारी दिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







