पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार)विहान र काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु उपचारको क्रममा मृत्य भएको हो ।

भक्तपुरकी महिलाको यही भदौ ८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् । यसैगरी गएराति काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार