काठमाडौं: नेपालमा थप ८ सय ८५ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १३ हजार दुई सय ५३ पीसीआर गर्दा पाँच सय ८६ पुरुष र दुई सय ९९ महिलामा संक्रमण देखिएको हो । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा तीन सय एक संक्रमित भेटिएका छन् ।
काठमाडौँमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउँनु भयो । त्यस्तै आज देशभर तीन सय ८५ जना निको भई घर फर्किएका छन् । आइसोलेसनमा १४ हजार चार सय ३९ जना उपचाररत छन् । आईसीयूमा एक सय ५१ र भेन्टिलेटरमा रहेका छन् । हाल मुस्ताङ र हुम्ला संक्रमितमुक्त भएका छन् ।







