२४ घण्टामा ४ सय ६८ जनामा कोरोना पुष्टि,१७ हजार २०१ जना उपचारपछि फर्किए

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ । नेपालमा हालसम्म १०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ, १७ हजार २०१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार