सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

काठमाडौँ  : आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि गिरावट आएको हो ।

आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महाँसंघले जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुन पनि आज १२ सय रुपैयाँले घटेर प्रतितोला ७७ हजार ७ सय रुपैया कायम भएको छ । यस्तै चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार