नायिका परमिता राणाले बल्ल खोलिन् बुढानिलकण्ठ दुर्घटनाको रहस्य

काठमाडौं : नायिका परमिता राणाले आफु सवार कारले ठक्कर दिँदा गोरखाका लीला देवकोटाको मृत्यु भएको स्वीकार गर्नु भएको छ। २६ दिन अघि परमिताका साथी पृथ्वी मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारले बुढानीलकण्ठ स्कुल नजिकै गोरखा बारपाक सुलिकोट –८ जराङकी लिला देबकोटालाई ठक्कर दिएको थियो भने दुर्घटनास्थलमै लीलाको निधन भएको थियो ।

प्रहरीका अनुसार उक्त कारमा मल्लसहित करिश मास्के, परमिता राणा र एलिना थापा सवार थिए । रातभर मदिराले लठ्ठिएका उनीहरुले बिहान बेपर्बाह शैलीमा कार चलाएका थिए ।

त्यति मात्रै हैन दुर्घटनालगत्तै घाइतेको उद्दार गर्नुको सट्टा राणा र थापा गाडीबाट निस्केर भागेका थिए । परमिताले भने दुर्घटनापछि पनि आफू गाडीमै रहेको र साथीहरुले तानेर निकालेको दावी गर्नु भएको छ ।

दुर्घटनापछि पारिवारिक वकिलले आलोचना गर्नेलाई ब्लक गर्न सुझाव दिएको भन्दै फेशबुकमा टिप्पणी गर्नेहरुलाई ब्लक गरेको लेख्नुभएको छ । अहिले आफु मनोरोगी भएको र दुर्घटनालाई भुल्न ठूलो भोलममा गीत बजाएर नाच्ने गरेको परमिताले स्टाटसमा लेख्नुभएको छ । परमिताले चपली हाइट २ मा मुख्य भुमिका निर्वाह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार