के चलचित्रमा अभिनय गर्लान् त रबि ?

काठमाडौं : गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको चलचित्र माइकल अधिकारी मा पत्रकार रवि लामिछानेले अभिनय गर्ने चर्चा चल्न थालेको छ । रञ्‍जित रौनियारको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा रवि लामिछानेको विशेष भूमिका रहने बताईएको छ ।

उक्त चलचित्रका लागि चर्चित अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ अनुबन्धित भइसकेका छन् । रवि लामिछाने चलचित्रका लागि औपचारिक रुपमा अनुबन्ध भने भईसकेका छैनन् । त्यस चलचित्रको लागि निर्देशक रञ्‍जित रौनियारले अन्य कलाकारको पनि खोजी गरिरहेका छन् । चलचित्रले सेरोगेसी (भाडाको कोख) को विषयलाई समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार