हिउँदे वर्षा नहुँदा सोलुखुम्बुका किसान चिन्तित, तत्काल वर्षाको सम्भावना न्युन

यो वर्ष समयमा हिउँ र पानी नपर्दा सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष पुसको दोस्रो हप्तामा पनि हिउँ नपर्दा बालीनाली सुक्न थालेका छन् भने हिमालहरू पनि कालो पहाडमा परिणत हुँदै गएका छन् ।
यस वर्ष माघमा समेत हिउँ नपर्दा आलु, उवा, गहुँ जस्ता बालीबारीमै सुक्नथालेको किसानहरू बताउँछन् । हिउँ नपर्दा बारी सुक्खा बन्दै गएको छ भने लगाइएको बालीहरू सुक्दै गएको कृषक सबिना राईले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसकेको छ । देशभर कूल दुई दशमलव पाँच मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताउनुभयो
उहाँका अनुसार अहिले वर्षा हुने देखिएको छैन । मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०दशमलव एक मिलिमिटरलाई औषत वर्षा मानिएको छ । सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरीकै विष्लेषण गर्ने बेला भने नभएको बताउनुभयो । मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो । अहिलेसम्म सक्रियरुपमा वर्षा देखिनु पर्ने हो तर देखिएको छैन । यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार