तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको एक वर्षमा ६ करोड बढि आम्दानी

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लाले एक वर्षमा ६ करोड बढि आम्दानी गरेको छ । खुम्बु पासाङ ल्हमु गाउँपालिकामा रहेको तेञ्जिङ हिलारी विमानस्थलले एक वर्षमा ६ करोड २३ लाख आम्दानी गरेको हो । आर्थिक वर्ष २०८०÷८१ म प्राधिकरणले जम्मा १४ अर्ब ६५ करोड रुपैयाँ बराबरको आम्दानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
देशभर विमानस्थल सञ्चालनमा भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको आम्दानी भने त्रिभुवन विमानस्थलमै निर्भर हुने गरेको देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ मा कुल १२ अर्ब ८६ करोड रुपैयाँ बराबरको आम्दानी गरेको हो । जुन अरू सबै विमानस्थलले गरेको आम्दानीभन्दा १० गुणा बढी छ । त्रिभुवन विमानस्थल बाहेक प्राधिकरणले प्रधान कार्यालयबाट २८ करोड, उड्डयन सुरक्षा मापदण्ड विभागबाट १३ करोड १७ लाख रुपैयाँ र नागरिक उड्डयन एकेडेमीबाट १ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
यसबाहेक देशभर रहेका त्रिभुवन विमानस्थल बाहेकका ३४ वटा विमानस्थलको आम्दानी जम्मा १ अर्ब ३४ करोड रुपैयाँ छ । यसमध्ये चारवटा विमानस्थलको पोखरा विमानस्थलबाट ३४ करोड ९३ लाख रुपैयाँ, भैरहवा विमानस्थलको २१ करोड १३ लाख रुपैयाँ, विराटनगर विमानस्थलको १७ करोड ५६ लाख रुपैयाँ, नेपालगन्ज १३ करोड ११ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।
यसबाहेक बाँकी आठवटा विमानस्थलको आम्दानी एक करोडभन्दा बढी छ । यसमध्ये चन्द्रगढी ८ करोड १७ लाख, धनगढी ६ करोड ५६ लाख, भरतपुर ६ करोड ३९ लाख, जनकपुर ६ करोड १२ लाख, सिमरा ५ करोड ९४ लाख, , सुर्खेत २ करोड ७३ लाख र रामेछाप विमानस्थलको आम्दानी १ करोड ४१ लाख रुपैयाँ रहेको छ । बाँकी सबै विमानस्थलको कमाइ १ करोडभन्दा पनि कम छ । आर्थिक वर्ष २०८०÷८१ मा डोटी विमानस्थलले सबैभन्दा कम ४ सय ७४ रुपैयाँ मात्रै आम्दानी गरेको प्राधिकरणको रिपोर्टमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार