सोलुखुम्बु ; सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भ्रष्टाचार न्युनिकरण र सुशासन कायममा प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकाल सम्हालन सोलुखुम्बु आइपुग्नुभएका घिमिरेले जिल्लाका पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै यस्तो बताउनुभएको हो ।
शुसासन र अमनचयन कायाम गर्न पत्रकारहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सरकारी निकायको सूचना पारदर्शी बनाउन आफुले जिल्लाका सबै कार्यालयलाइ निर्देशन दिने वहाँको भनाइ छ । जिल्लाको शान्ति सुरक्षा र सुशासनको सवालमा सञ्चार माध्यमसँग कसिलो समन्वय गरेर अघि बढ्ने बताउनुभयो । सोलुखुम्बु पर्यटकीय जिल्ला भएकाले पनि यहाँको शान्ति सुरक्षा र सुशासनले थप महत्त्व राख्ने उहाँको भनाइ छ । सञ्चारकर्मीहरु पनि सुशासन र नागरिककै मुद्दाका सवालमा अहोरात्र खटिने र निजामती कर्मचारीहरु पनि नागरिकको सेवक भएकाले उदेश्य उस्तै भएको उहाँले बताउनुभयो ।