भोजपुर, ३ जेठ । भोजपुर नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका निर्मला शेर्पा उपमेयरमा निर्वाचित भएकी छिन् । गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका ममिता राईलाई ३६७ मतले पछि पार्दै शेर्पाले उपप्रमुख जितेकी हुन् । शेर्पाले ५५०० मत ल्याउँदा राई ५१३३ मतमा रोकिए । मेयरमा भने कांग्रेसका कैलाश कुमार आले पुन निर्वाचित भएको छ ।
भोजपुर नगरपालिका वडा नं ६, ८ र ९ को अध्यक्ष पदमा नेकपा एमालेको सैलेन्द्र कार्की, नबिन प्रधान र राम बहादुर तामाङ निर्वाचित भएको छन् । यसरी नै षडानन्द नगरपालिकामा यस पटक नेकपा एमालेका सुरेन्द्र कुमार उदास मेयरमा नेपाली कांग्रेसका वीरबल राईलाई हराउँदै निर्वाचित भएको छ । भोजपुर जिल्लाका बाँकी स्थानीय तहमा साल्पासिलिछोमा दौलथ कुलुङ(स्वतन्त्र), अरूणमा शालिकराम खत्री(कांग्रेस) पौवादुङमामा किरण राई(एमाले), टेम्केमैयुङमा सरोज बस्नेत(कांग्रेस), रामप्रसादराईमा थाम बहादुर राई(माओवादी केन्द्र), हतुवागढीमा प्रेम कुमार राई(एमाले) र आमचोकमा अशोक राई(माओवादी केन्द्र) निर्वाचित भएका छन्