पर्यटक भरियाको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : मेरापिक क्षेत्रमा पर्यटक भरियाको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका–५ चाचालुङका २५ वर्षीय जीवन कुलुङको लेक लागेर मृत्यु भएको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ ।

सोही गाउँपालिकामा पर्ने मेरापिक पुगेर फर्कने क्रममा ठाङ्ना भन्ने ठाउँमा आइपुग्दा बुधबार जीवनको मृत्यु भएको बताइएको छ । पर्यटकको भरियाको रुपमा गएको बुझिएपनि कुन कम्पनीबाट गएको भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ओमप्रकास यादवले जानकारी दिनुभयो ।

घटना स्थलमा प्रहरी पुग्न तीन दिन लाग्ने भएकाले वृस्तीत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा फोन सम्पर्क समेत राम्रो नहुने हुँदा समस्या भएको प्रहरी निरीक्षक यादवको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार