शेर्पा समुदायको पराम्परागत नृत्य मेरामा आईताबार छायाँकन हुने

सोलुखुम्बु, शेर्पा ईभेन्ट अर्गनाइजरले आयोजना गरिएको THE HIGHEST ALTITUDE CULTURAL DANCE PERFORMANCE ON LAND कार्यक्रम आईतवार छायाँकन हुने भएको छ । विश्व कृतिमान कायम गर्न शेर्पा समुदायको पराम्परागत स्याबु्र नृत्य नाच्न सोलुखुम्बु प्रस्तान गरेका शेर्पा युवाहरुले यही मिती २०७८ आजोस ३१ गते तादनुसर oct १७ तरिक छायाँकन गर्ने तयारीमा रहेको शेर्पा इभेन्ट अर्गनाईजरका अध्यक्ष नुरु शेर्पाले जानकारी दिनु भयोे ।
आईतवार सम्पन्न गराउने तयारीमा रहेका शेर्पा युवाहरुले महाकुलुङ गाउपालिकामा अबस्थित मेरा पिक 6476 मिटर अग्लो हिमालमा अवस्थित 5800 meter (19,028.87 ft) High camp मा छायाँङ्कन हुने छ । छायाँकनको सम्पूर्ण तयारी पूरा भईसकेको बताएको छ ।
शेर्पा समुदायको गीत संगीतलाई विश्वमा पु¥याउने र शेर्पा समुदायका गीत संगीतको संरक्षण गर्न युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्य समेत राखेको कार्यक्रमलाई सफल भनाउन होटल माउण्टेन भिउ लजका प्रबन्ध निर्देशक कामी शेर्पाले सहयोग गरिएको पनि अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।
शेर्पा समुदायको भाषा, कला, संस्कृति संरक्षण र प्रवर्धनमा शेर्पा युवाहरुको चासो प्रति खुःसी व्यक्त गर्दै कार्यक्रमलाई सहयोग गरिएको लजका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार