जनगणना सम्बन्धी सचेतना तथा जागरण कार्यक्रम सम्पन्न

काठमाण्डौ, राष्ट्रिय जनगणना २०७८ मा शेर्पा लेखौँ, शेर्पा लेखाऔँ भन्ने मूल नारा सहित आयोजना गरिएको सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । भोजपुर शेर्पा किदुग, कुलुङ शेर्वी किदुग र गुदेल किदुगको संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा जनगणना सम्बन्धि विशेष जानकारी गराएको थियो ।
नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्वु शेर्पाले शेर्पा समुदायको भाषा संरक्षणको लागि भोट भाषा अनिवार्य रहेको बताउनु हुर्दै शेर्पा समुदायले तथ्यङ्क संकल गराउदा दोस्रो भाषालाई भोट भाषा लेखाउन आग्राह गर्नु भयो । भोट भाषा एक समृद्ध भाषा भएको र भाषा आयोगले समेत यसलाई मान्यता दिएको विषयलाई प्रष्ट पार्नु हुर्दै शेर्पा समुदायले दैनिक जिवनमा गरिने पाठपूजा, काङग्यूर, तेङग्यूर, दोमङ लगायतका धर्म ग्रन्थहरु समेत भोट भाषामा रहेको कारण पनि शेर्पा समुदाय र भोट भाषाको वीच गहिरो सम्बन्ध रहेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा नेपाल शेर्पा संघका उपाध्यक्ष तथा शिक्षा, स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख दावा शेर्पाले विगतमा भएका कमी कमजोरीहरुलाई पुनः दोहोरिन नदिन र समुदायको सही तथ्यङ्क संकल गर्नका लागि सबैले सकृया भएर लाग्नु पर्ने बताउनु भयो । शेर्पा समुदायको आर्थिक, राजनैतिक, विकास निर्माण लगायत शेर्पा भाषा, धर्म, कला संस्कृतिको संरक्षणमा जनगणनाले महत्वपुर्ण प्रभाव पार्ने भएको हुनाले पनि नेपाल शेर्पा संघले शेर्पा लेखौँ शेर्पा लेखाऊ भन्ने महा अभियान अघि सारेको र यसलाई सफल पार्न प्रत्येक किदुग, संघ सस्था लगायत प्रत्यक नागरिकले सक्दो सहयोग गर्नु पर्ने वताउनु भयो ।
नेपाल शेर्पा संघका उप–महासचिव तथा भोजपुर शेर्पा किदुगका अध्यक्ष फुर्वा तेन्जिङ शेर्पाले राष्ट्रिय जनगणना २०७८-शेर्पा जातिको सरोकारको विषयमा मन्तव्या राख्नु हुँदै २०५८ बाट २०६८ मा आईपुग्दा शेर्पाहरुको संख्या २७ प्रतिशतले घटेको भन्दै जनगणना प्रति सबै सचेत हुनु पर्ने बताउनु भयो । संघीय लोक्तान्त्रिक गणतन्त्रको स्थापना पश्चात पहिलो पटक हुन लागेको राष्ट्रिय जनगणनालाई सबैले आफ्नो मुख्य कार्य भित्र राख्नु पर्ने र सही तथ्याङ्क टिपाउनु सके मात्र समुदायको उत्थान तथा समग्र विकास लगायत भाषा, धर्म, संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा टेवा पुग्ने बताउनु भयो ।

कुलुङ शेर्वी किदुगका अध्यक्ष ङिमा शेर्पाले नेपाल शेर्पा संघले अघि सारेको अभियानलाई सफल पार्न र आउने जनगणनामा सही तथ्यङ्क संकलन गर्नकै लागि यो कार्यक्रम आयोजना गरेको वताउनु हुदै शेर्पा समुदायको भाषा, संस्कृति संरक्षण गर्न राज्य नै लागि पर्नु पर्ने र यसका लागि सबै शेर्पा समुदायले एक जुट भएर राष्ट्रिय जनगणनामा सहभागी हुनु पर्ने बताउनु भयो ।  गुदेल किदुगका अध्यक्ष पेमा छिरिङ्ग शेर्पाले कार्यक्रम बारे जानकारी दिदै आफ्नो स्वागत मन्यब्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार