साेलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ७ जना घाईते

सोलुखुम्बु : सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ६ मुक्ली देम्बुटारमा बोलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । मुक्लीबाट नेलेका लागि छुटेको बा २१ च १०९ नम्बर बोलेरो मंगलबार विहान ८ बजे देम्बुटारमा दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गम्भिर घाईते नेचासल्यान गाउँपालिका २ का चालक ३५ बर्षीय प्रकाश राई र थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीकी ३२ बर्षीया जुनिता राईलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ । अन्य घाईतेहरु थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीका ४० बर्षीया जुनीता श्रेष्ठ, १५ बर्षीया सृजना श्रेष्ठ, २२ बर्षीया मिना श्रेष्ठ, ५० बर्षीया विमला श्रेष्ठ र ४० बर्षीया ज्ञानु कार्कीको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ ।

सात जना सवार उक्त बोलेरो ब्रेक फेल भएर सडकबाट करिब एक सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डिएसपी) कवित कटवालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार