नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको अधिवेशन पाैष १६ मा

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डाै : नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिको भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय समितिको बहुप्रतिक्षित अधिवेशन आगामी २०७८ पौष १६ गते भब्य रुपमा काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको महासचिव लोकेन्द्र आर. सी.ले बताउनु भयो ।

त्यसै गरी सबै विश्वविद्यालय र प्रतिष्ठानहरुको केन्द्रीय समितिको सम्मेलन पौष १० गतेभित्र अनिवार्य सम्पन्न गर्ने पनि उक्त बैठकले निर्णय गरेकाे छ । त्यसै गरी एक कार्यालय एक इकाई गठन, २०७८ मंसीर मसान्त सम्ममा मुखपत्र प्रकाशन, संघीय संरचना अनुसारको विधान मस्यौदा गर्ने, दशैतिहार शुभकामना आदानप्रदानका साथमा वैचारिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने र राष्ट्रिय समितिमा मध्यपश्चिम विश्वविद्यालयबाट अजित बौंडेल र खुल्ला विश्वविद्यालयबाट देबेन्द्र कटुवाललाई थप गर्ने निर्णय समेत गरिएको महासचिव आर.सी. ले बताउनु भयो ।

बैठकमा कर्मचारी संगठनलाई जागिरेहरुको संस्था मात्रै नबनाएर बैचारिक र पेशागत हकहितको संगठनको रुपमा अगाडी बनाउनुपर्ने महासंघका सहसंयोजक मणिरत्न श्रेष्ठले बताउनु भयो । भर्चुअल बैठक कर्मचारी महासंघका सह-संयोजक मणिरत्न श्रेष्ठ र समितिका अध्यक्ष दीपक तिवारीको अध्यक्षतामा शनिवार सम्पन्न भएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार